नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा कर्णाली याक्सविरुद्ध चितवन राइनोजले 'पावर प्ले'मा नै ३ विकेट गुमाएको छ।
कर्णालीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चितवनले ६ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ४७ रन बनाएको हो।
चितवनले कर्णालीविरुद्ध दुबै ओपनरलाई गुमाएको हो। ओपनरद्धय हसन इसाखिल १ र विपिन रावल १८ रन बनाउँदा सोमपाल कामीको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए।
लुक वेनकेनस्टाइन १६ रन बनाउँदा जिसन मक्सुदको बलमा बोल्ड आउट भए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७५ रनको योगफल तयार पारेको थियो।
150
Shares

प्रतिक्रिया