खेल


एनपीएलमा दीपेन्द्रलाई कार, अरुलाई यी पुरस्कार (सूचीसहित)

एनपीएलमा दीपेन्द्रलाई कार, अरुलाई यी पुरस्कार (सूचीसहित)

नेपालखबर
पुस ६, २०८१ शनिबार १९:५०, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल)को उत्कृष्ट हुने नेपाली खेलाडी बन्दै सुदूपश्चिम रोयल्सका दीपेन्द्र सिंह ऐरीले कार जितेका छन्। त्यस्तै जनकपुर बोल्ट्सका ललित राजवंशी सर्वोत्कृष्ट बलर बन्दै मोटर साइकल पाए। 

एनपीएलको  ‘प्लेयर अफ द टुर्नामेन्ट’ भने सुदूरपश्चिम रोयल्सका सैफ जैब बने। कर्णाली याक्सका विपिन शर्मा शर्मा एनपीएको  ‘इमर्जिङ प्लेयर’ बन्न सफल भए। 

उनलाई कर्णाली याक्सले  ट्यालेन्ट हन्टबाट ल्याएको थियो। १६ वर्षका उनले प्रेसिडेन्सियल ग्राजुएट स्कुलबाट १० लाख रुपैयाँको छात्रवृत्ति समेत पाएका छन्। 

जनकपुर बोल्ट्सका जेम्स निशम एनपीएलको ‘एनर्जेटिक प्लेयर अफ टुर्नामेन्ट’ बनेका छन्। जनकपुरकै लाहिरु मिलान्थाले सर्वाधिक चौका प्रहार गर्ने खेलाडीको पुरस्कार पाएका छन्। उनले प्रतियोगिताभर ३४ चौका प्रहार गरेका थिए।

एनपीएलमा एउटा मात्रै खेल जितेर पुछारमा रहेको लुम्बिनी लायन्सले ‘फेयर प्ले’ अवार्ड पाउन सफल भएको छ।

प्लेयर अफ टुर्नामेन्टः सैफ जैब 

बेष्ट नेपाली प्लेयर अफ टुर्नामेन्टः दीपेन्द्रसिंह ऐरी

बेष्ट बलर अफ टुर्नामेन्टः ललित राजवंशी

इमर्जिङ प्लेयरः विपिन शर्मा

एनर्जेटिक प्लेयर अफ टुर्नामेन्टः जेम्स निशम

म्याक्स ४(सर्वाधिक चौका): लाहिरु मिलान्था

फेयर प्लेः लुम्बिनी लायन्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad