खेल


बुढासुब्बा गोल्डकपको उपाधि एनआरटीलाई

बुढासुब्बा गोल्डकपको उपाधि एनआरटीलाई

नेपालखबर
माघ २७, २०८१ आइतबार ५:२१, काठमाडौँ

२५औँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एनआरटी फुटबल क्लब काठमाडौँले जितेको छ। 

शनिबार साँझ सुनसरीको धरान रङ्गशालामा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटीले उपाधि जितेको हो। 

खेलको २४औँ मिनेटमा चर्च ब्वाइजका कप्तान अन्तर तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको २७औँ मिनेटमा एनआरटी क्लबका हेनरी पोकुले गोल गर्न सफल भएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो। 

दोस्रो हाफको ५८औँ मिनेटमा एनआरटीका हेनरी पोकुले एक गोल गर्दै २–१ को अग्रता दिलाएका थिए भने यही गोल निर्णायक बन्यो। 

उपाधिसँगै एनआरटी क्लबले नगद रु १० लाख र उपविजेता चर्च ब्वाइजले नगद रु पाँच लाख प्राप्त गरेको छ। आजको खेलको ‘म्यान अफ द म्याच’ एनआरटीका हेनरी पोको घोषित भए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad