खेल


तेस्रो रुकुम कप भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकालीलाई

तेस्रो रुकुम कप भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकालीलाई

नेपालखबर
जेठ २७, २०८२ मंगलबार १६:४, त्रिवेणी (रुकुमश्चिम)

तेस्रो रुुकम कप भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकालीले जितेको छ। मुसिकोट नगरपालिका–१ खलङ्गामा सम्पन्न  फाइनल खेलमा बौदीकालीले रुकुम पश्चिमको हाम्रो सरोकार टोलीलाई पराजित गरेको हो। 

बौदीकालीले फाइनलमा हाम्रो सरोकारलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। बौदीकालीमा राष्ट्रिय स्तरको प्रतियोगिता खेलिसकेका हिमाल सुनारी, सरोज बर्देवा र राजन दर्लामी मगर तथा हाम्रो सरोकारमा धनबहादुर भट्ट, विष्णु बस्नेत र मनोज घिमिरे सम्मिलित थिए। उपाधिसँगै बौदीकालीले रु ५ लाख ११ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बुढाले जानकारी दिए। 

यसैगरी उपविजेता नवलपुरको हाम्रो सरोकारले रु २ लाख ६१ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। रुकुम पश्चिमको ‘टिम खनाल’ तेस्रो तथा सल्यानको वनगाड कुपिण्डेले सान्त्वना पुरस्कार प्राप्त गरेको छ। दुवै टोलीले क्रमशः रु एक लाख ५१ हजार र रु एक लाख ११ हजार पुरस्कार प्राप्त गरे। प्रतियोगितामा सात टोलीले प्रतिस्पर्धा गरेका थिए। 

महिलातर्फ रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले उपाधि जितेको छ। फाइनल खेलमा रुकुम पूर्वको जनज्योति युवा विकास केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गर्यो। उसले योसँगै रु एक लाख नगदसहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ।

उपविजेता जनज्योतिले रु ७५ हजार, तेस्रो भएको रुकुम भलिबल टोलीले रु ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। चौथो भएको रुकुम पूर्वको सीमा भलिबल क्लबले रु २५ हजार पुरस्कार प्राप्त गरेको आयोजक संस्थाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad