खेल


अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डे पल इन्टर मियामीमा अनुबन्ध

अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डे पल इन्टर मियामीमा अनुबन्ध

नेपालखबर
साउन ११, २०८२ आइतबार १४:२९, काठमाडौँ

अमेरिकन फुटबल क्लब इन्टर मियामीले स्पेनी क्लब एट्लेटिको म्याड्रिडबाट अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डे पललाई अनुबन्ध गरेको छ। डे पललाई मेजर लिग सकर (एमएलएस) २०२५ सिजनसम्म ऋणमा अनुबन्ध भएका हुन्। 

तर सम्झौतामा २०२९ एमएलएस सिजनसम्म स्थायी रूपमा अनुबन्ध गर्ने विकल्प पनि समावेश गरिएको छ।

विश्वकप च्याम्पियन र दुई पटकको कोपा अमेरिका विजेता डे पल विश्वका उत्कृष्ट मिडफिल्डर मध्ये मानिन्छन्। 

३१ वर्षीय डे पलले अब भिसाको प्रक्रिया मिलाइसकेपछि लियोनेल मेस्सीको कप्तानीमा रहेको टोलीमा सामेल भएर प्रशिक्षण सुरु गर्नेछन्। 

आइतबार बिहानको खेल अघि चेस स्टेडियममा रोड्रिगो डे पललाई सार्वजनिक गरिएको छ। अनुबन्धपछि उनले घरेलु मैदानमा लियोनेल मेस्सीसँगै बसेर खेल हेरेका थिए। 

डे पल अर्जेन्टिनाले २०२२ को विश्वकप र २०२१ तथा २०२४ मा कोपा अमेरिका  उपाधि जित्दा टोलीका महत्त्वपूर्ण सदस्य थिए। 

उनले सबै प्रतियोगिताहरूमा करिब ५०० सय खेल खेलेका छन्। जसमा ५७ गोल र ७४ अशिष्ट गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad