खेल


पहिलो टी-२० अभ्यास खेलमा नेपाल विजयी, ह्‍याट्रिकसँगै सन्दीपले लिए ५ विकेट

पहिलो टी-२० अभ्यास खेलमा नेपाल विजयी, ह्‍याट्रिकसँगै सन्दीपले लिए ५ विकेट

नेपालखबर
भदौ १०, २०८२ मंगलबार ९:५६, काठमाडौँ

अस्ट्रेलियामा आज (मंगलबार) भएको पहिलो टी-२० अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्रिकेट टेरिटरी (एसीटी) लाई ४१ रनले हराएको छ।

नेपालले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको एसीटी १७ ओभर २ बलमा १ सय ३६ रनमा अलआउट भएको हो। 

नेपालका सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए भने करण केसीले २ र रुपेश सिंहले १ विकेट लिए।

यसअघि अस्ट्रेलियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनायो।

नेपालका आसिफ शेखले ६९, कप्तान रोहित पौडेलले ३६, आरिफ शेखले २४ रन बनाए।

एसीटीका स्मिथले सबैभन्दा धेरै ५० रन बनाए। यस्तै एसीटीका इभान्स, दुबे र रहमान र ब्रुनकरले २/२ विकेट लिए। 

५ खेलको अभ्यास खेलमा नेपाल आजै दोस्रो टी-२० खेल्दै छ।

टप इन्ड टी-२० शृंखलापछि नेपालले थप ५ वटा अभ्यास खेल्न सुरु गरेको हो। 

टप इन्ड टी-२० शृंखलामा भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो।

आईसीसी टी-२० विश्वकप छनोटका तयारीस्वरूप नेपालले अस्ट्रेलियामा अभ्यास खेल खेलिरहेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad