खेल


अध्यक्षसँग साउदी पुगेका एन्फा महासचिव राईलाई कार्यवाहक अध्यक्षले गरे निलम्बन

अध्यक्षसँग साउदी पुगेका एन्फा महासचिव राईलाई कार्यवाहक अध्यक्षले गरे निलम्बन

नेपालखबर
कात्तिक २, २०८२ आइतबार १९:२१, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राई निलम्बनमा परेका छन्। कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका वीरबहादुर खड्काले स्पष्टीकरण नदिएको भन्दै राईलाई निलम्बन गरेका हुन्। 

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव राई हाल साउदी अरबमा छन्। उनीहरू एसियाली फुटबल महासंघ (एएफसी) को कार्यक्रमका लागि साउदी गएका हुन्। अध्यक्ष विदेशमा गएका कारण खड्काले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका थिए। 

खड्काले लेखेको निलम्बनको पत्रमा ३ दिन भित्र जवाफ दिने गरि स्पष्टीकरण सोधिएकोमा राईबाट हालसम्म कुनै पनि जवाफ प्राप्त नभएकोले निलम्बन गरिएको उल्लेख गरिएको छ। 

‘उपरोक्त सम्बन्धमा संघको च.नं. ३४७/८२/०८३ मिति  २०८२।०६।२९ गतेको पत्र अनसार संघको साधारण सभा र कार्यसमितिको म्याण्डेट समेतलाई वेवास्ता गर्दै संघको विधान, विधि र पद्धति विपरित फूटबल खेलको विकासमा नै दिर्घकालिन असर पार्ने गरि के कति आधारमा कस्को निर्देशनमा कार्य गर्नू भएको हो भनि ३ दिन भित्र स्पष्टीकरण सोधिएकोमा तपाईबाट हालसम्म कुनै पनि जवाफ प्राप्त नभएकोले आजको मिति देखि लागू हूने गरि तपाईलाई एन्फा महासचिव पदबाट अर्को कार्यसमिति बैठकसम्मका लागि निलम्बन गरिएको जानकारी गराउँदछौँ,’ पत्रमा भनिएको छ, ‘उक्त अवधिसम्मका लागि कार्यवाहक महासचिवको कार्य गर्न संघका सहायक महासचिव दामोदर भट्टराईलाई तोकिएको व्यहोरा समेत अवगत गराउदछौं।’

एन्फा सचिवालयले यस विषयमा कुनै आधिकारिक पत्र नगएको दाबी गरेको छ। सचिवालयका एक कर्मचारीले नेपालखबरसँग भने- ‘बाहिर हल्ला भइरहेको छ। तर हामीलाई जानकारी भएसम्म सचिवालयबाट आधिकारीक पत्र गएको जानकारी छैन।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad