खेल


जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

नेपालखबर
मंसिर १, २०८२ सोमबार १७:३३, काठमाडौँ

सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ। 

टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले ६ विकेटको क्षतिमा १३० रन बनाएको हो। जनकपुरका लागि आसिफ शेखले अर्धशतक प्रहार गरे। उनले ४१ बलमा ६ चौका र एक छक्काको मद्दतले ५४ रन बनाए। 

त्यस्तै, जनकपुरका लागि मयन यादवले ३४, लाहिरु समरकूनले २२, लाहिरु मिलन्थाले सात, रुपेश सिंहले चार, जान निकोल लफ्टी-इटोन र सञ्जय कृषिमूर्तीले दुई-दुई विकेट लिए। 

काठमाडौंका लागि मिलिन्द कुमारले तीन, करण केसी, शहाब आलम र सन्तोष यादवले एक-एक विकेट लिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad