खेल


दीपेन्द्र चम्किँदा सुदूरपश्चिमको सानदार जित

दीपेन्द्र चम्किँदा सुदूरपश्चिमको सानदार जित

सबै तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
मंसिर ८, २०८२ सोमबार १९:३८, काठमाडौँ

कप्तान दीपेन्द्रसिंह ऐरीको बल र ब्याट चलेपछि कर्णाली याक्सविरुद्धको खेलमा सुदूरपश्चिमले सानदार जित हासिल गरेको छ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार सुदूरपश्चिमले लगातार तेस्रो खेल जितेको हो। यसअघि सुदूरपश्चिमले पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो। यो जितसँगै सुदूरपश्चिमको ६ अंक भएको छ। 

सुदूरपश्चिमले दिएको एक सय ४० रनको लक्ष्य पछ्याएको कर्णाली चार बल आगावै ९४ रनमा अलआउट भयो। जारी एनपीएलमा सबैभन्दा कम स्कोर बनाउने कर्णाली पहिलो टोली हो। 

कर्णालीका लागि पवन सर्राफले सर्वाधिक २७ रन बनाए। मार्क वटाले १७, सोमपाल कामीले १४ र गुल्सन झाले १३ रन थपे। 

खेलको सुरुवातदेखि नै हाबी बनेका सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए। उनले आफ्नो स्पेलमा २३ रन खर्चे। 

अविनास बोहोरा र हरमति सिहंले दुई-दुई विकेट झारे। स्कट कुग्लेजिन र हेमन्त धामीले एक–एक विकेट लिए। 

यअसघि ब्याटिङ गरेको सुदूरपश्चिमले नौ विकेटको क्षतिमा १३९ रन बनाएको थियो। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले बनाएको ३९ रन नै सर्वाधिक रह्यो। उनी २८ बलमा एक चौका र दुई छक्का प्रहार गर्दा मार्क वाटको बलमा नजिबुल्लाह जड्रानको हातबाट क्याच आउट भए। 

त्यस्तै, २५ बलमा तीन चौका सहयोगमा २७ रन बनाएका आरिफ शेख नन्दन यादवको बलमा बोल्ड आउट भए। हरमित सिंहले १९ र क्रिस लिनले १८ रन थपे। 

स्कट कुग्लेजिन १० रनमा बोल्ड आउट भए। विनोद भण्डारी ११ रन बनाउँदा एलबीडब्लुको धरापमा परे। 

कर्णालीका लागि सोमपाल कामीले तीन विकेट लिए। त्यस्तै, नन्दन यादवले दुई, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक–एक विकेट लिए। 

मंगलबार काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच अपराह्न ४ बजे प्रतिस्पर्धा हुनेछ। 


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad