खेल


काठमान्डुले गर्नेछ पहिले ब्याटिङ, चितवनले गर्‍यो १ खेलाडी परिवर्तन

काठमान्डुले गर्नेछ पहिले ब्याटिङ, चितवनले गर्‍यो १ खेलाडी परिवर्तन

शुक्रबार बिहान टसका क्रममा काठमान्डु गोर्खाज र चितवन राइनोज


नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार ११:२९, काठमाडौँ

काठमाडौँमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अहिले केही बेरमा सुरु हुने खेलमा चितवन राइनोजविरिुद्ध काठमान्डु गोर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर पहिला फिल्डिङ रोजेपछि काठमान्डुले ब्याटिङ गर्ने भएको छ। 

काठमान्डुले आजको खेलमा अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ। 

चितवनले भने अघिल्लो खेलको टोलीबाट एक खेलाडी परिवर्तन गरेको छ। अमरसिंह राउटेलाको स्थानमा रिजन ढकाल सुरुवाती ११ मा आएका हुन्। 

जारी लिगमा चौथो खेल खेल्न लागेको चितवन तेस्रो जित तथा पाचौँ खेल खेल्न लागेको काठमान्डु तेस्रो जितको खोजीमा छन्।

चितवन र काठमान्डुका समान ४/४ अंक छन्। प्लेअफ सम्भावना कायम राख्न दुवै टोली जित्नैपर्ने दबाब छन्। 

चितवन राइनोजः 
कुशल मल्ल, देव खनाल, अर्जुन साउद, रिजन ढकाल, रञ्जित कुमार, दीपक बोहोरा, कमलसिंह ऐरी, डाविड मलान, रवि बोपारा, सैफ जैव, सोहेल तनविर

काठमान्डुको टोलीः 
करण केसी (कप्तान), शाहब आलम, रसिद खान, दीपेश कँडेल, सन्तोष यावद, आकाश त्रिपाठी, मोहम्मद आदिल आलम, बेन चार्ल्सवर्थ, मिलिन्द कुमार, जेहार्ड इरासमस, जोहन सिम्पसन
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad