खेल


चितवनसामु काठमाडौंले प्रस्तुत गर्‍यो १ सय ४३ रनको लक्ष्य

चितवनसामु काठमाडौंले प्रस्तुत गर्‍यो १ सय ४३ रनको लक्ष्य

नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार १३:२८, काठमाडौँ

सोहेल तनविरको घातक बलिङमा काठमाडौ गोर्खाजले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजसामु जितका लागि १ सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौ २ बल अगावै १ सय ४२ रन बनाउँदा अलआउट भयो। 

चौथो विकेटका लागि जोन सिमसन र मिलिन्द कुमारले ९८ रनको साझेदारी गरेपछि काठमाडौले सम्मानजनक योगफल तयार पार्न उन्मुख थियो। यद्यपी रवि बोपाराले यी दुईको साझेदारी तोडेपछि काठमाडौको लगातार विकेट पतन भयो।

१६ औँ ओभरको अन्तिम बलमा मिलिन्द कुमार ३८ रन बनाउँदा रवि बोपारको बलमा बोल्ड आउट भए। मिलिन्दले ४३ बलमा ५ चौका प्रहार गरे। 

१७ औँ ओभरको पहिलो बलमा जोन ६० रन बनाउँदा कमल सिंह ऐरिको बलमा सैफ जैवको हातबाट क्याच आउट भए। जोनले २९ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका थिए। 

काठमाडौ एक समय ४.२ ओभरमा ३–२४ को अवस्थामा थियो। त्यसपछि क्रिजमा आएका जोन र मिलिन्दले इनिङ्स उकासेका थिए। काठमाडौले ११ रन जोड्न ६ विकेट गुमायो। 

ओपनर वेन चाल्र्सवर्थ १४ बलमा २ चौका सहयोगमा १३ रन बनाउँदा सोहेल तनविरको बलमा रवि बोपाराको हातबाट क्याच आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

चितवनका लागि सोहेल तनविरले ४ विकेट लिए। सोहेलले १८ औँ ओभरमा लगातार तिन विकेट लिएपछि काठमाडौको ब्याटिङ लाइन धरापमा पर्यो। सोहेलले आफ्नो स्पेलमा २५ रन खर्चे। रन्जित कुमार र कमल सिंह ऐरिले समान २ विकेट झारे। रवि वोपाराले एक विकेट लिए। चितवनले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad