नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको पहिलो खेलमा काठमाडौं गोर्खाज र चितवन राइनोज खेलिरहेका छन्।
टस जितेर पहिले फिल्डिङ रोजेको चितवनले अहिले जितका लागि १४३ रनको लक्ष्य पछ्याइरहे पनि दबाबमा देखिएको छ।
९.२ ओभर सकिँदा चितवनले ५ विकेट गुमाइसकेको छ भने ५० रन पनि पूरा गर्न सकेको छैन।
चितवनले जवाफी ब्याटिङका क्रममा ओपनर दीपक बोहरालाई ०, डाविड मलानलाई ७, देव खनाललाई २१, सैफ जेबलाई १ र कप्तान कुशल मल्ललाई ६ रनमा गुमाएको हो।
75
Shares

प्रतिक्रिया