राजनीति


नेपाल प्रहरीका पूर्वएआईजी पोखरेल रास्वपा प्रवेश गर्दै

नेपाल प्रहरीका पूर्वएआईजी पोखरेल रास्वपा प्रवेश गर्दै

नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार १४:३३, काठमाडौँ

नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन्। काठमाडौँको बनस्थलीस्थित पार्टी कार्यालयमा हुने कार्यक्रममा उनी रास्वपामा प्रवेश गर्न लागेका हुन्। 

रास्वपाले उनलाई अनुशासन आयोगमा जिम्मेवारी दिने नेताहरूले बताएका छन्। रास्वपामा उनी एक्लै नभएर समूह नै लिएर जादैँछन्। ‘म आगामी चुनावमा उम्मेदवार बन्नेगरि रास्वपामा जाँदैछु,' उनले भने, 'एउटा अध्यायबाट अर्को अध्याय सुरु गर्दैछु। बाँकी कुरा प्रवेश कार्यक्रममा भन्नेछु।'

ओखलढुंगाको उनी  नेपाल प्रहरीको अवकास पछि सक्रिय भूमिकामा देखिएका थिएनन्। पूर्वएआईजी पोखरेललाई भावी आईजीपीको रूपमा समेत हेरिएको थियो। 

तर तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले एआईजीमा उनीभन्दा १६ महिना जुनियर धिरजप्रताप सिंहलाई आईजीपी बनाएपछि उनी एआईजीबाटै अवकाशमा गएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad