खेल


चितवनको खराब सुरुवात, चार विकेट गुमाएपछि दबाबमा

चितवनको खराब सुरुवात, चार विकेट गुमाएपछि दबाबमा

नेपालखबर
मंसिर २०, २०८२ शनिबार १६:१३, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार पोखरा राइनोजविरुद्धको खेलमा चितवन राइनोजले खराब सुरुवात गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको चितवनले चार विकेट गुमाएको छ। चितवनका प्रारम्भिक ब्याटर अर्जुन साउँद दोस्रो ओभरको दोस्रोमा आउट भए। उनले एक रन मात्रै बनाए। 

त्यसपछि दोस्रो ओभरकै अन्तिम बलमा डेभिड मिलान आउट भए। उनले पाँच रन मात्रै बनाए। 

एकै ओभरमा दुई विकेट गुमाएर दबाबमा परेको चितवनले तेस्रो ओभरमा रवि बोपरालाई गुमायो। उनी तेस्रो ओभरको तेस्रो ओभरको पहिलो बलमै आउट भए। उनले पनि एक रन मात्रै बनाए। 

त्यस्तै, दशौं ओभरमा चितवनका सैफ जैब १५ रन बनाएर आउट भएका छन्। चितवनले १० ओभर सकिँदा चार विकेटको क्षतिमा ४८ रन मात्रै बनाउन सकेको छ। 

पोखराका लागि धनन्जय लक्षणले दुई, विपिन खत्री र रोहित चन्दले एक-एक विकेट लिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad