काठमाडौँमा जारी नवौँ एनभीए भलिबल च्याम्पियनसिप प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लब तेस्रो हुन सफल भएको छ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा रुकुम-पश्चिम ट्रेनिङ सेन्टरलाई ३-२ को हराउँदै पुलिस विजयी भएको हो।
पहिलो दुई सेट गुमाएको पुलिस क्लबले त्यसपछिका तीन सेटमा भने लगातार जित हासिल गरेको हो।

पुलिस क्लबले रुकुमलाई २५-२७,२३-२५,२६-२४,२५-२२,१५-१० ले हराएको हो।
यस्तै आजै महिलातर्फ तेस्रो स्थानका लागि भएको खेलमा विभागीय डर्वीमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै एपीएफ तेस्रो भएको छ।
एकपक्षीय खेलमा एपीएफले आर्मीविरुद्ध २५-१३,२५-१७,२५-१० को सहज विजय प्राप्त गरेको हो।
महिलातर्फको फाइनलमा भने पुलिस र टिप टप न्यु डायमन्ड भिड्दै छन्।
यस्तै पुरुषतर्फको फाइनलमा टिप टप हेल्प नेपाल र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन्।
Shares

प्रतिक्रिया