खेल


आजदेखि काठमाडौँमा महिला टी-२० विश्वकप ग्लोबल छनोट, थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

आजदेखि काठमाडौँमा महिला टी-२० विश्वकप ग्लोबल छनोट, थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

नेपालखबर
माघ ४, २०८२ आइतबार ८:४३, काठमाडौँ

आज (आइतबार) काठमाडौँमा सुरु आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डले टस जितेर पहिले बलिङ रोजेपछि नेपाली महिला क्रिकेट टोलीले ब्याटिङ गर्ने भएको हो। 

यो प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु मैदानमा अहिलेसम्मकै ठुलो क्रिकेट प्रतियोगिता हो।

ग्लोबल छनोटमा नेपाली टोली समूह बीमा छ।

नेपाल रहेको समूहमा थाइल्यान्ड, जिम्बाबे, नेदरल्यान्ड्स र स्कटल्यान्ड छन्। 

यस्तै समूह एमा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, नामिबिया र अमेरिका छन्। 

समूहका शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्।

सुपर सिक्सबाट छानिने चार टोलीले विश्वकपमा स्थान बनाउने छन्। 

नेपालको प्लेइङ ११ 
विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, पूजा महतो, इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता जोशी, कविता कुँवर, सीता रानामगर, रिया शर्मा र सुमन विष्ट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad