खेल


वर्ल्ड ओलम्पियन एसोसिएसनको कार्यसमितिमा विष्ट निर्वाचित

वर्ल्ड ओलम्पियन एसोसिएसनको कार्यसमितिमा विष्ट निर्वाचित

नेपालखबर
माघ ५, २०८२ सोमबार १२:४०, काठमाडौँ

वर्ल्ड ओलम्पियन एसोसिएसन (डब्लुओए) को नयाँ कार्यसमितिमा एसिया क्षेत्र प्रतिनिधिका रूपमा नेपालबाट पहिलो पटक ओलम्पियन दीपक विष्ट निर्वाचित भएका छन्। 

सोमबार अनलाइन जनरल एसेम्बलीबाट निर्वाचित नयाँ कार्यसमितिमा स्विडेनकी पूर्व अल्पाइन स्की खेलाडी, दुई पटक ओलम्पिक च्याम्पियन तथा चार पटककी विश्व च्याम्पियन पर्निला विबर्ग अध्यक्ष पदमा निर्वाचित भएकी छन्। 

नव निर्वाचित कार्यसमितिमा एसिया क्षेत्रको प्रतिनिधिका रूपमा नेपालबाट पहिलो पटक ओलिम्पियन विस्ट निर्वाचित भएका हुन्। अनलाइन निर्वाचन प्रक्रियामा विश्वभरबाट एक सय ५५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यो उपलब्धि सम्पूर्ण नेपाली खेलकुद जगतका लागि गर्वको विषय भएको नेपाल ओलिम्पियन संघका महासचिव राजेन्द्र भण्डारीले बताए।

ओलम्पियन विष्ट एसिया क्षेत्र प्रतिनिधिका रुपमा निर्वाचित भएपछि नेपाल ओलम्पियन संघले बधाइ तथा शुभकामना दिएको छ। संघले विज्ञप्ति जारी गर्दै विष्टको कार्यकाल सफल, प्रभावकारी तथा प्रेरणादायी रहोस् भन्ने शुभकामना दिएको छ। 

नेपालका कीर्तिमानी तेक्वान्दो खेलाडी तथा नेपाल ओलिम्पियन संघका अध्यक्षसमेत रहेका विष्टको यो उपलब्धिले नेपालको खेलकुदलाई अन्तर्राष्ट्रिय मञ्चमा थप उचाइमा पुर्‍याउने संघले जनाएको छ। 

नेपाल ओलम्पियन संघमा विष्टले निर्वाह गरेको प्रभावकारी भूमिकाका आधारमा एसिया तथा विश्वस्तरमा नेपालको शिर उच्च राख्नेछन् भन्ने विश्वास लिएको संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad