खेल


टी-२० विश्वकपका लागि बंगलादेशबाट भारत पुगे सन्दीप लामिछाने

टी-२० विश्वकपका लागि बंगलादेशबाट भारत पुगे सन्दीप लामिछाने

नेपालखबर
माघ १२, २०८२ सोमबार १६:२९, काठमाडौँ

राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी-२० विश्वकप २०२६ का लागि भारत पुगेका छन्। व्यावसायिक लिगका लागि बंगलादेशमा रहेका सन्दीप विश्वकप खेल्ने टोलीमा सहभागी हुन सोमबार भारत पुगेका हुन्। 

बंगलादेश प्रिमियर लिग (बीपीएल) मा राजशाही वारियर्समा आवद्ध भएका सन्दीपको टोली च्याम्पियन बनेको थियो। सन्दीपको टोलीले चट्टोग्राम रोयल्सलाई ६३ रनले हराउँदै उपाधि जितेको थियो। 

टोलीलाई च्याम्पियन बनाएर सन्दीप विश्वकप खेल्ने नेपलाी टोलीमा सामेल हुन लागेका हुन्। नेपाली टोली यसअघि नै विश्वकपका लागि भारत पुगिसकेको छ। 

श्रीलंकामा प्रशिक्षण र तीन अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय टोली भारतको मुम्बइ पुगिसकेको छ। श्रीलंकामा नेपालले तीन खेलमा दुई हार र एक जित निकालेको थियो। अब नेपाली टोलीले भारतको मुम्बइ र चेन्नइमा अभ्यास गर्ने तालिका छ। 

विश्वकपमा नेपाल समूह ‘सी’मा रहेको छ। टी-२० विश्वकप माघ २४ गतेदेखि श्रीलंका र भारतमा सुरु हुँदै छ।

नेपालले आफ्नो पहिलो खेल माघ २५ गते इङल्यान्डविरुद्ध खेल्ने तालिका छ। नेपालले दोस्रो खेल माघ २९ गते इटालीसँग तथा तेस्रो खेल फागुन ३ गते वेस्ट इन्डिजविरुद्ध खेल्नेछ। समुह चरणको अन्तिम खेलमा फागुन ५ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad