खेल


टाइगर कपको विभागीय डर्बी प्रतिस्पर्धामा आर्मीको रोमाञ्चक जित

टाइगर कपको विभागीय डर्बी प्रतिस्पर्धामा आर्मीको रोमाञ्चक जित

नेपालखबर
माघ १५, २०८२ बिहिबार १७:५९, काठमाडौँ

त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल (एपीएफ) विरुद्ध ३–२ सेटको रोमाञ्चक जित निकालेको हो।

पहिलो सेट २५–१९ ले जितेको आर्मीले दोस्रो सेट २२–२५ र तेस्रो सेट २१–२५ ले एपीएफलाई सम्पियो। चौथो सेटमा आर्मीले पुनः २५–१७ को जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो। पाँचौं सेटमा १८–१६ ले जित निकाल्दै आर्मीले खेल आफ्नो पक्षमा पारेको हो। आर्मी र एपीएफले समान ७ अंक जोडेका छन्। सेटका आधारमा अघि हुँदा आर्मीले तेस्रो स्थानका लागि प्रतिष्पर्धा गर्न पाउनेछ।

यसअघि भएको पुरुषतर्फ खेलमा नेपाल पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। यो जितसँगै पुलिसको फाइनल खेल्ने सम्भावना कायमै छ। यस्तै आजै भएको महिलातर्फको खेलमा सशस्त्र प्रहरी बल एपीएफलाई हराउँदै थाइल्याण्ड क्विन्स तेस्रो बनेको थियो। तेस्रो बनेसँगै थाइल्याण्डले २ लाख ६ हजार ६६६ रुपैयाँ हात पार्‍यो।

च्याम्पियनसिपअन्तर्गत भोलि शुक्रबार दुई खेल हुनेछन्। पहिलो खेल महिलातर्फ उपाधिका लागि न्यू डायमण्ड स्पोट्र्स क्लब र नेपाल पुलिस क्लब खेल्नेछन्। उक्त खेल बिहान ११ बजेबाट सुरु हुनेछ। त्यसपछि पुरुषतर्फको खेल हुनेछ। पुरुषतर्फ समूह चरणको अन्तिम खेल पर्वत जिल्ला भलिबल संघ र गण्डकी प्रदेशबिचको खेल दिउँसो एक बजेबाट सुरु हुने तालिका छ। उक्त खेलले फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ।

५ खेलबाट पुलिसले १० अंक जोडेको छ। समान ४ खेल खेलका गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघको समान ९ अंक छन्। गण्डकी र पर्वतले शुक्रबार एकआपसमा भिड्नेछन्। कुनै एक टोलीले सिंगो ३ अंक प्राप्त गर्ने गरी जित निकालेको अवस्थामा जित्ने टोली र पुलिस फाइनलमा पुग्नेछन्। उक्त खेल पाँचौं सेटमा पुगेको अवस्थामा भने सेटमा आधारमा फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad