खेल


मुम्बइमा एमसीएसँगको अभ्यास खेलमा नेपालको जित

मुम्बइमा एमसीएसँगको अभ्यास खेलमा नेपालको जित

नेपालखबर
माघ १६, २०८२ शुक्रबार १२:४०, काठमाडौँ

आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मुम्बइको एमसीए प्रेसिडेन्ट-११ सँगको पहिलो अभ्यास खेलमा जित निकालेको छ। 

मुम्बइमा भएको खेलमा नेपाली टोलीले एमसीए प्रेसिडेन्टमाथि ७ विकेटको जित निकालेको हो। एमसीएले दिएको १४३ रनको लक्ष्य नेपाली टोलीले १७.२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरे। कुशल भुर्तेलले ३८ रन थपे। 

त्यसअघि ब्याटिङ गरेको एमसीए-११ ले ९ विकेटको क्षतिमा १४२ रनको योगफल तयार पारेको थियो। नेपालले दोस्रो अभ्यास खेल शनिबार खेल्नेछ। 

विश्वकप अघि नेपाली टोलीले संयुक्त अरब एमिरेन्ट्स (यूएई) र क्यानडासँग दुई अभ्यास खेल खेल्नेछ। नेपाली टोलीले पहिलो अभ्यास खेलमा यूएईसँग ३ फेब्रुअरीमा प्रतिस्पर्धा गर्नेछ। दोस्रो अभ्यास खेल ५ फेब्रुअरीमा क्यानडासँग हुनेछ। दुवै खेल चेन्नईमा हुनेछन्। 

चेन्नईमा अभ्यास खेल खेलेपछि नेपाली टोली विश्वकपका लागि मुम्बई पुग्नेछ। विश्वकपमा नेपाल समूह ‘सी’मा रहेको छ। टी-२० विश्वकप माघ २४ गतेदेखि श्रीलंका र भारतमा सुरु हुँदै छ। 

नेपालले आफ्नो पहिलो खेल माघ २५ गते इङल्यान्डविरुद्ध खेल्ने तालिका छ। नेपालले दोस्रो खेल माघ २९ गते इटालीसँग तथा तेस्रो खेल फागुन ३ गते वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ। समुह चरणको अन्तिम खेलमा फागुन ५ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad