खेल


प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता सम्पन्न, दौडिए प्रधान सेनापति सिग्देल (४ तस्बिर)

प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता सम्पन्न, दौडिए प्रधान सेनापति सिग्देल (४ तस्बिर)

नेपालखबर
माघ २४, २०८२ शनिबार १०:११, काठमाडौँ

आज (शनिबार) काठमाडौँस्थित सैनिक मुख्यालयमा ‘प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२’ सम्पन्न भएको छ।

नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले आयोजना गरेको प्रतियोगिता प्रधानसेनापति अशोकराज सिग्देलले उद्घाटन गरेका थिए।

प्रतियोगितामा ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नारा थियो।

प्रतियोगिताअन्तर्गत ४२.१९५ किमी दूरीको पुरुष म्याराथन तथा महिला र पुरुष विधाको २१ किमि दूरीको हाफ म्याराथन भयो।

म्याराथनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकलाई आजै क्रमशः तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार प्रदान गरिने छ।

हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने महिला र पुरुष दुवै विधाका खेलाडीलाई जनही क्रमश: एक लाख, ७५ हजार र ५० हजार प्रदान गरिनेछ।

सैनिक अधिकृत, सैनिक सहचारी, सैनिक महाविद्यालय कार्यरत कर्मचारी, सेनाका अवकाश प्राप्त तथा सेवारत सकल दर्जा र गैरसैनिकका कक्षा १० देखि १२ मा अध्ययनरत सन्तानको सहभागितामा १० किमि दूरीको दौड आयोजना भयो।

पाँच किमि दूरीको वाकाथनमा प्रधानसेनापति सिग्देललगायत सैनिक तथा गैरसनिक व्यक्ति सहभागी भए। 

सैनिक महाविद्यालयमा अध्ययनरत कक्षा ७ देखि ९ सम्मका छात्रछात्रा सम्मिलित पाँच किमि दूरीको दौड पूरा गरे।

दश किमि र पाँच किमि दौडमा प्रथम, द्वितीय र तृतीय हुने महिला र पुरुष विधाका धावकलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार नगद प्रदान गरिने छ।

विसं २०७२ देखि प्रत्येक वर्ष महाशिवरात्री तथा सेना दिवसका अवसरमा आयोजना हुँदै आएको यस ११ संस्करणको प्रतियोगितामा विभिन्न पाँच विधामा करिब दुई हजार ५०० धावकको सहभागिता थियो।

यस वर्ष महाशिवरात्री तथा सेना दिवस आगामी फागुन ३ गते परेको छ।

म्याराथनका केही तस्बिर

सबै तस्बिर : रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad