नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले टी–२० आई क्रिकेटमा २ हजार रन पूरा गरेका छन्।
आईसीसी टी–२० विश्वकपअन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा इङल्यान्डविरुद्ध ४४ रन बनाएसँगै टी–२० आई क्रिकेटमा दीपेन्द्रले २ हजार रन पूरा गरेका हुन्।
३३ बलमा ६ चौका र १ छक्का सहयोगमा ४४ रन बनाएका दीपेन्द्र १४.२ ओभरमा साम कुरनको बलमा क्याच आउट भए।
टी–२० आई क्रिकेटमा २ हजार रन पूरा गर्ने दीपेन्द्र पहिलो नेपाली खेलाडी हुन्। दीपेन्द्रले ९१ खेलको ७९ इनिङ्समा यो कोशेढुंगा पार गरेका हुन्। उनले एक शतक र १० अर्धशतक पूरा गरेका छन्। टी२० मा उनको सर्वाधिक रन १ सय १० हो।
42
Shares

प्रतिक्रिया