खेल


आज नेपाली टोलीको प्रदर्शन तारिफयोग्य छ: प्रधानमन्त्री कार्की

आज नेपाली टोलीको प्रदर्शन तारिफयोग्य छ: प्रधानमन्त्री कार्की

नेपालखबर
माघ २५, २०८२ आइतबार १९:३२, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले आईसीसी टी-२० विश्वकपको पहिलो खेलमा गरेको प्रदर्शनलाई लिएर नेपाली टोलीको प्रशंसा गरेकी छन्। 

आइतबार भएको इङ्ल्यान्ड विरुद्धको पहिलो खेलमा नेपाल चार रनले पराजित भएको छ। इंग्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाललाई अन्तिम ओभरमा १० रन चाहिएको थियो।

नेपालले अन्तिम ओभरमा पाँच रन मात्रै बनाउन सक्यो। जसले गर्दा विश्वकपको पहिलो खेलमा नेपाल चार रनले पराजित भयो। 

प्रधानमन्त्री कार्कीले पनि नेपालको खेल हेरेकी थिइन्। खेलपछि कार्कीले भनेकी छन्, ‘जीत–हार खेलको नियम हो। हामीले कसरी खेल्यौँ, त्यो महत्त्वपूर्ण हो।’

उनले आगामी खेलमा राम्रो नतिजा आउने विश्वास गरेकी छन्। ‘आज नेपाली टोलीको प्रदर्शन तारिफयोग्य छ। आशा अझै बाँकी छ,’ प्रधानमन्त्री कार्कीले भनेकी छन्। 

टी-२० विश्वकपमा नेपालले अर्को खेलमा बिहीबार इटालीसँग प्रतिस्पर्धा गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad