खेल


अफगानिस्तानका नाबीलाई आईसीसीको जरिवाना

अफगानिस्तानका नाबीलाई आईसीसीको जरिवाना

नेपालखबर
माघ २९, २०८२ बिहिबार १२:३०, काठमाडौँ

अफगानिस्तानका अलराउन्डर मोहम्मद नाबीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले उनको म्याच फिको १५ प्रतिशत जरिवाना गरेको छ। 

दक्षिण अफ्रिकाविरुद्धको खेलमा आईसीसी आचारसंहिताको लेभल १ उल्लंघन गरेको भन्दै उनलाई जरिवाना गरिएको आईसीसीले जनाएको छ। नाबीले अन्तर्राष्ट्रिय खेलका दौडान अम्पायरलाई अवज्ञा गरेको भन्दै आचारसंहिताको दफा २.४ अनुसार जरिवाना गरिएको हो। 

दक्षिण अफ्रिकासँगको खेलमा अफगानी इनिङको १४औँ ओभरमा यो घटना भएको थियो। उनले दक्षिण अफ्रिकाका पेसर लुंगी ङिदीले नाडीमा बानेको ‘रिस्ट ब्यान’लाई लिएर अम्पायरसँग विवाद गरेका थिए।

उक्त खेल दुई सुपरओभरपछि मात्र टुंगिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad