खेल


दुईपटकको विश्व विजेता वेस्ट इन्डिजसँग भिड्दै नेपाल, सुपर एट सम्भावना बचाउने चुनौती

दुईपटकको विश्व विजेता वेस्ट इन्डिजसँग भिड्दै नेपाल, सुपर एट सम्भावना बचाउने चुनौती

नेपालखबर
फागुन ३, २०८२ आइतबार ८:१५, काठमाडौँ

आईसीसी टी-२० विश्वकपअन्तर्गत आज (आइतबार) समूह चरणको आफ्नो तेस्रो खेलमा नेपाल दुईपटक विश्वकप जितेको वेस्ट इन्डिजसँग भिड्दै छ।

भारतको मुम्बईस्थित वानखेडे रगंशालामा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।

यसअघिका २ खेलमा लगातार पराजित नेपाली क्रिकेट टोली आज बलियो टोली वेस्ट इन्डिजलाई हराउँदै पहिलो जित दर्ता गराउने दाउमा हुनेछ। 

पहिलो खेलमा इङ्ग्ल्यान्डसँग ४ रनले पराजित भए पनि नेपालको प्रदर्शनको प्रशंसा भएको थियो। तर दोस्रो खेलमा नेपालले इटालीसँग १० विकेटको फराकिलो हार बेहोर्‍यो। जसलाई लज्जास्पद अवस्था मानियो। 

आजको खेल पनि हारेमा नेपाल सुपर ८ मा पुग्ने सम्भावना सकिनेछ। 

यो पनि : निराश नेपाली दर्शकको झिनो आशा: यसपटक पनि नेपाल रित्तो हात नफर्कियोस्

उता वेस्ट इन्डिज भने आज नेपाललाई जिते एक खेलअगावै सुपर ८ मा पुग्नेछ। 

वेस्ट इन्डिजले पहिलो खेलमा इङ्ग्ल्यान्डलाई ३५ रनले हराएको थियो भने दोस्रो खेलमा इङ्ग्ल्यान्डविरुद्ध ३० रनको जित हासिल गरेको थियो। 

यसअघि यूएईमा भएको ३ खेलको टी-२० सिरिजमा वेस्ट इन्डिज नेपालसँगै २–१ ले पराजित भएको थियो। 

त्यो बेला वेस्ट इन्डिज टोलीका कप्तान रहेका अकिल हुेसन र जेसन होल्डर पनि आइतबार नेपालसँग हुने प्रतिस्पर्धामा सहभागी हुँदै छन्।

यी दुई खेलाडी नेपाली खेलाडीका विषयमा जानकार छन्। नेपालले अहिलेसम्म टी–२० मा हराएको एक मात्र टेस्ट राष्ट्र हो( वेस्ट इन्डिज। त्यसैले पनि वेस्ट इन्डिजले नेपाललाई हल्का रूपमा नलिने निश्चित छ। 

समूह सीमा रहेका टोलीमध्ये लगातार दुई खेल हार्ने नेपाल मात्र हो।

सुरुवातका २ खेल जितेर वेस्ट इन्डिज ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।

२ खेलमा जित र एक खेलमा हार गरेको इङ्ग्ल्यान्ड पनि ४ अंककै साथ तालिकाको दोस्रो स्थानमा छ।

यस्तै एक खेलमा जित र २ खेलमा हार गरेको स्कटल्यान्ड २ अंकसहित तेस्रो स्थानमा छ भने एक जित र एक हार भोगेको इटाली २ अंकका साथ तालिकाको चौथो स्थानमा छ। 

यसैबिच विश्वकपअन्तर्गत आजै चेन्नइमा हुने खेलमा नामिबिया र अमेरिका भिड्दै छन्।

आजको अन्तिम खेलमा बहुप्रतीक्षित भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै छन्। 

विश्वकप क्रिकेटमा एकअर्काका चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिचको भिडन्त श्रीलंकाको कोलोम्बोमा नेपाली समयअनुसार साँझ सवा ७ बजे सुरु हुनेछ।

यसअघि भारतसँग नखेल्ने घोषणा गरेको पाकिस्तान पछि मात्रै सहभागी हुन सहमत भएको थियो। 

समूह एमा रहेका भारत र पाकिस्तानले अहिलेसम्म बराबर २ खेलमा जित हासिल गरेका छन्।

तर समान ४ अंक भए पनि नेट रनरेटमा अघि रहँदै भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad