खेल


विश्वकपको सुपर ८ मा ७ खेल बाँकी, आयोजक दुवै दबाबमा

विश्वकपको सुपर ८ मा ७ खेल बाँकी, आयोजक दुवै दबाबमा

भारत दक्षिण अफ्रिकासँग पराजित भएको थियो


नेपालखबर
फागुन १३, २०८२ बुधबार १२:४७, काठमाडौँ

आईसीसी टी–२० विश्वकपअन्तर्गत सुपर ८ का सात खेल बाँकी रहँदा आयोजक देशको सेमिफाइनल यात्रा नै कठिन बनेको छ।

सुपर ८ बाट इंग्ल्यान्ड सेमिफाइनल पुग्ने पहिलो टोली बन्दा अब तीन टोलीको टुङ्गो लाग्न बाँकी छ।

विश्वकपको सेमिफाइनल पुग्ने दौडमा आयोजक भारत र श्रीलंकासहित सात टोली छन्।

सुपर ८ को पहिलो खेलमा हार भोगेका भारत र श्रीलंकासहित जिम्बाब्वेको सेमिफाइनल यात्रा केही कठिन देखिएको छ।

समूह १ बाट वेस्ट इन्डिज र दक्षिण अफ्रिकाको समान २ अंक छ। भारत र जिम्बाब्वे अंकविहीन रुपमा तालिकाको तेस्रो र चौथो स्थानमा छन्।

समान २ अंक भएका वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले अबको एक खेलमा जित निकाले सेमिफाइनलमा स्थान बनाउनेछन्। भारतले अर्को खेलमा पनि हार भोगे सेमिफाइनल दौडबाट बाहिरिनेछ।

समूह २ बाट इंग्ल्यान्ड अन्तिम चारमा पुगिसकेको छ। न्यु जिल्यान्ड र पाकिस्तानको समान १ अंक छ। यो समूहमा विश्वकप आयोजक अंकविहीन रुपमा तालिकाको पुछारमा छ। यो समूहबाट अब १ टोलीको टुंगो लाग्न बाँकी छ।

यो समूहमा न्युजिल्यान्ड र पाकिस्तानसँग समान १ अंक भएका कारण यी टोली केही सन्तुलनमा देखिन्छन्। तर आयोजक श्रीलंका भने पुछारमा रहेकाले सेमिफाइनल यात्रा कठिन बनेको छ। यो समूहबाट अब एक टोली मात्र सेमिफाइनलमा पुग्नेछ। 

यी सात टोलीलाई अब आफ्नो फराकिलो जित मात्र हैन, अन्य टोलीको पनि भर पर्नुपर्ने हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad