खेल


आठ नेपाली खेलाडी ईयू लिगका लागि अनुबन्धित

आठ नेपाली खेलाडी ईयू लिगका लागि अनुबन्धित

नेपालखबर
चैत ११, २०८२ बुधबार १४:५८, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित नेपालका ८ खेलाडीले एकै साथ बेल्जियम ईयू टी-२० लिग खेल्ने भएका छन्। 

बेल्जियममा पहिलो पटक हुन लागेको फ्रेन्चाइज लिगमा नेपालका आठ खेलाडी अनुधन्धित भएका हुन्। जेबी ब्रुजले मात्रै ५ नेपाली खेलाडीलाई अनुबन्ध गरेको छ। 

आगामी जुन ६ देखि १४ जुनसम्म हुने लिगमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। बेल्जियम ईयू टी-२० लिगमा नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सको लगानीकर्ता ड्रिम स्पोट्र्सको स्वामित्वमा रहेको जेबी ब्रुज पनि प्रतिस्पर्धा गर्दै छ। त्यस्तै, आन्थ्रोप एङकर्स, ब्रसेल्स, हेन्ट, लुभेन र लिइज रेड लायन्सले ईयू टी-२० लिगत खेल्नेछन्। 

जेबी ब्रुजले नेपाली टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित गुल्सन झा, अनिलकुमार साह, ललित राजवंशी र इशान पाण्डेलाई अनुबन्ध गरेको हो।  

त्यस्तै, लेग स्पिनर सन्दीप लामिछाने लियेज रेड लायन्स, आशिफ शेख आन्थ्रोप एन्कर्स, कप्तान रोहित पौडेल ग्लेन्ट ग्लाडिएटर्समा अनुबन्ध भएका हुन्। नेपालका ८ खेलाडीले पहिलो पटक एकै साथ फ्रेन्चाइज लिग खेल्न लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad