नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा हुने एनएनआईपीए स्पोर्टस अवार्ड २०८२ को तयारी पूरा भएको छ।
एनएनआईपीएले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जानकारी दिएको हो। स्पोर्टस अवार्ड शुक्रबार हुनेछ।
संघले आफ्नो वार्षिक कार्यक्रम अनुसार प्रत्येक वर्ष खेलाडीको प्रोत्साहनका लागि विभिन्न खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गर्दै आइरहेको छ।
पहिलो पटक काठमाडौँ उपत्यका बाहिर काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित चण्डेश्वरी मन्दिर परिसरमा स्पोर्टस् अवार्ड गर्न लागेको हो। स्थानीय आयोजक बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले आफूहरू खेलाडी र अतिथिलाई स्वागत गर्न तयार रहेको बताए।
नेपाल ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २६ खेललाई आधार मानी सम्बन्धित संघले सिफारिस गरेका खेलाडीलाई वर्ष उत्कृष्ट खेलाडी-२०८१ बाट सम्मानित गरिनेछ।
अवार्डमा २६ खेलमध्ये उत्कृष्ट खेलाडीले जनही १५ हजार रुपैयाँ पाउनेछन्। उत्कृष्ट खेलाडीमध्येबाट एक पुरुष र एक महिलालाई सर्वोकृष्ट खेलाडीले जनही एक लाख तथा प्रतिभाशालीतर्फ महिला र पुरुष खेलाडीले जनही ५० हजार रुपैयाँ पाउनेछन्।
गजराज आर्दश खेल व्यक्तित्वबाट सम्मानित हुनेले ३५ हजार, एक खेल पत्रकारलाई एनएनआईपीए खेल पत्रकारिता पुरस्कारबाट सम्मानित गर्दै ३५ हजार तथा वर्ष उत्कृष्ट पारा खेलाडी सम्मानबाट सम्मानित हुने खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन्।
Shares

प्रतिक्रिया