नेपाल रग्वी संघको आयोजनामा चैत २८ र २९ गते काठमाडौँमा राष्ट्रिय रग्वी सेभेन्स महिला तथा पुरुष प्रतियोगिता हुन लागेको छ।
शुक्रबार संघले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा महिला र पुरुष गरी १४ वटा टोली प्रतिस्पर्धा गर्ने संघले जनाएको छ।
प्रतियोगितामा च्याम्पियन टोलीलाई ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए। त्यस्तै, उपविजेता टोलीले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
प्रतियोगिताका उत्कृष्ट महिला र पुरुष खेलाडीले पाँच हजार रुपैयाँ नगद पुरस्कार पाउने भएका छन्। प्रतियोगिता आयोजनामा ३० लाख खर्च हुने आकलन गरिएको महासचिव घिमिरेले बताए।
9
Shares

प्रतिक्रिया