खेल


आर्मी बन्यो पीएम कप च्याम्पियन

आर्मी बन्यो पीएम कप च्याम्पियन

नेपालखबर
बैशाख ४, २०८३ शुक्रबार १५:१०, काठमाडौँ

सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ। 

शुक्रबार भएको फाइनलमा आर्मीले सुदूरपश्चिमलाई ५ विकेटले हराएको हो। पहिलो पटक फाइनल पुगेको सुदूरपश्चिम उपाधि जित्नबाट चुकेको छ। 

सुदूरपश्चिमले दिएको १६२ रनको सामान्य लक्ष्य आर्मीले ३४.२ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो। आर्मीका बसिर अहमद ४५ र इमरान शेख ४६  रनमा अविजित रहे।

ओपनर तृतराज दास ३१ रन बनाउँदै पेभेलियन फर्के। कुशल मल्लले १७ रन थपे। भीम सार्की चार र कप्तान विनोद भण्डारी दुई रनमा पेभेलियन फर्के। सुदूरपश्चिमका हेमन्त धामीले दुई विकेट लिए। 

त्यसअघि विरगन्जको नारायणी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ३९.४ ओभरमा १६१ रनमा अलआउट भयो। सुदूरपश्चिमका अशोक धामीले सर्वाधिक ४३ रनको योगदान दिए। 

किरण ठगुन्नाले ३५ र नारायण जोशीले २९ रन थपे। हेमन्त धामीले १६ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

आर्मीका आकाश चन्द र शाहब आलमले समान तीन विकेट लिए। बसिर अहमदले दुई र कुशल मल्लले एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad