सुदूरपश्चिम रोयल्सका मध्यम गतिका बलर हेमन्त धामीले नेपालबाट टी–२० आईमा डेब्यु गरेका छन्।
सोमबार यूएईविरुद्धको पहिलो खेलमा हेमन्तले टी–२० आईमा डेब्यु गरेका हुन्। हेमन्तलाई राष्ट्रिय टोलीका सहायक प्रशिक्षक कलाम अलीले डेब्यु क्याप दिएका हुन्।
उनले २०२४ मा क्यानडाविरुद्ध घरेलु मैदानमा भएको खेलमा ओडीआई क्रिकेटमा डेब्यु गरेका थिए।
नेपालले सोमबार र मंगलबार युएईविरुद्ध टी२० आई क्रिकेट खेल्दै छ।
नेपालले पहिलो पटक फ्लडलाइटमा खेल खेल्न लागेको हो। टीयूको स्तरोन्नतिपछि नेपालको राष्ट्रिय टोलीले पहिलो पटक खेल्न लागेको हो।
54
Shares

प्रतिक्रिया