खेल


पावर प्लेमा धर्मरायो नेपाल, आधा इनिङ खेलिसक्दा बनायो ६२ रन

पावर प्लेमा धर्मरायो नेपाल, आधा इनिङ खेलिसक्दा बनायो ६२ रन

नेपालखबर
बैशाख ७, २०८३ सोमबार १७:५३, काठमाडौँ

टी-२० आई सिरिजअन्तर्गत नेपालले आज (सोमबार) चिर प्रतिद्वन्द्वी यूएईविरुद्ध पहिलो खेल खेलिरहेछ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलको पावर प्लेको ६ ओभरमा नेपालले ४० रन मात्र बनाएको छ। यो बीचमा कुशल भुर्तेल, अर्जुन साउँद र सञ्दीप जोरा तीन खेलाडीलाई सस्तैमा आउट भएका छन्।

ओपनर कुशले ९ बलमा १ छक्का र १ चौकासहित १६ रन बनाएर आउट भए। अर्जुन साउँद १३ रन बनाएर आउट भए भने सन्दीप जोरा ६ रन बनाएर पेभेलियन फर्किए। दवाबमा परेको नेपाली टोलीलाइ  कप्तान दीपेन्द्रसिंह र कुशल मल्लले इनिङ्स सम्हाल्ने प्रयास गरिरहेका छन्।

पछिल्लो समय १० ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर ६२ रन बनाएको छ।

यसअघि टस जितेर नेपालले ब्याटिङ रोजेको थियो।

खेल सुरु हुनुअघि त्रिवि खेल मैदानमा एक अप्रत्यासित दृश्य देखियो। युनाइटेड अबर इमिरेट्स (युएई) को राष्ट्रिय धुन बजाउनु पर्ने थियो। खेल व्यवस्थापकले अर्कै धुन बजाइदिए। दुई पटक प्रयास गर्दा पनि सही राष्ट्रिय धुन नबजेपछि युएईको टोली राष्ट्रिय धुन नसुन्दै खेलमा उत्रिएको थियो। 

खेल सुरु हुनुअघि युनाइटेड अबर इमिरेट्स (युएई) को राष्ट्रिय धुन बजाउनु पर्ने थियो। दुई पटक प्रयास गर्दा पनि सही राष्ट्रिय धुन नबजेपछि युएईको टोलीले आफ्नो देशको राष्ट्रिय धुन नसुनी नै खेल्न थालेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad