स्पेनिस फरवार्ड लामिन यामल विश्वकपसम्म ठिक भइसक्ने अपेक्षा गरिएको छ। बार्सिलोनाका लागि जारी सिजन गुमाएका १८ वर्षिय यामलको बायाँ खुट्टामा ह्यामस्ट्रिङको चोट लागेको छ।
बुधबार भएको खेलमा सेल्टाभिगोविरुद्ध बार्सिलोनाले १–० को जित दर्ता गरेको खेलमा यामलले चोट बोकेका हुन्।
उनलाई चोट लागेपछि क्लबले उनको उपचारको तयारी भइरहेकाले यो सिजन गुमाउने बताएको हो। यामल विश्वकपसम्म ठिक भइसक्ने अपेक्षा क्लबले गरेको छ।
चोट लागेपछि यामलले सामाजिक सञ्जाल इन्स्ट्राग्राममा पोष्ट गर्दै यो चोट आफूले बताएभन्दा पनि बढी दुखदायी भएको आफू पहिलोभन्दा पनि बलियो भएर फर्कने बताएका छन्।
यामलको क्लब बार्सिलोना स्पेनिस ला लिगामा दोस्रो स्थानको रियल मड्रिड भन्दा ९ अंकको स्पष्ट अग्रता साथ शीर्ष स्थानमा छ।
उता, विश्वकप फुटबल समूह एच मा रहेको स्पेनले जुन १५ मा केप भेडविरुद्ध खेल्ने तालिका छ। जुन २१ मा साउदी अरेबियासँग र २७ मा उरुग्वेविरुद्ध खेल्नेछ।
Shares

प्रतिक्रिया