खेल


नेपाल ‘ए’को फराकिलो जित, ओमनसँग शृंखला बराबरी

नेपाल ‘ए’को फराकिलो जित, ओमनसँग शृंखला बराबरी

नेपालखबर
बैशाख ११, २०८३ शुक्रबार १६:४६, काठमाडौँ

घरेलु मैदानमा भएको ओमनसँगको दुई खेलको एक दिवसीय सिरिजमा नेपाल ‘ए’ टोलीले बराबरी गरेको छ। 

शुक्रबार भएको खेलमा नेपाल ‘ए’ टोलीले ओमनमाथि ११५ रनको फराकिलो जित निकालेको हो। यो जितसँगै नेपाल ‘ए’ टोलीले सिरिज बराबरी गरेको हो। नेपाल ‘ए’ टोली पहिलो खेलमा ओमनसँग ७० रनले पराजित भएको थियो।

नेपालले दिएको २८५ रनको लक्ष्य पछ्याएको ओमन ३६.३ ओभरमा १६९ रन बनाउँदा अलआउट भयो। 

ओमनलाई रोक्न नेपालका लागि युवराज खत्रीले तीन विकेट लिए। आकाश चन्द, हेमन्त धामी र शेर मल्लले समान दुई विकेट लिए। सन्तोष यादवले एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि शुक्रबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा ओमनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ‘ए’ टोलीले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २८४ रनको योगफल तयार पारेको थियो। नेपाल ‘ए’का लागि इशान पाण्डेले सर्वाधिक ६९ रन बनाउँदा जितेनकुमार रामानन्दीको बलमा क्याच आउट हुन पुगे। 

देव खनाल ६४ रन बनाउँदा सिद्धार्थ बुक्कापट्नमको बलमा क्याच आउट नै भए। ३२ बलमा ५७ रन बनाएका कुशल मल्ल रन आउट हुन पुगे। 

त्यस्तै, सन्दीप जोराले ४२ रन बनाउँदा वसिम अलीको बलमा क्याच आउट नै भए। सन्तोष यादव १५ रनमा अविजित रहे। अर्जुन कुमाल १३ र अनिल कुमार शाह ७ रनमा पेभेलियन फर्के।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad