खेल


नेपाललाई ओमानले दियो ३०६ रनको विशाल लक्ष्य

नेपाललाई ओमानले दियो ३०६ रनको विशाल लक्ष्य

नेपालखबर
बैशाख १६, २०८३ बुधबार १३:५, काठमाडौँ

जतिन्दर सिंहको शतकमा ओमानले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोलीसामुु जितका लागि ३०६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३०५ रनको योगफल तयार पारेको हो। ओमानका ओपनर जतिन्दर सिंहले सर्वाधिक १३० रनको योगदान दिए। उनले ९६ बलमा १५ चौका र ५ छक्का प्रहार गरे।

जतिन्दरले ७३ बलमा १३ चौका र ४ छक्का सहयोगमा शतक पूरा गरे।

त्यस्तै, ४८ बलमा १ चौका र १ छक्का सहयोगमा ४८ रन बनाएका अशिष ओडेरा सन्दीप लामिछानेको बलमा आउट भए। सन्दीपले १५औँ ओभरको दोस्रो बलमा अशिषलाई पेभेलियनको बाटो देखाए। 

आर्यन राजु विसले ३५ र हमद मिर्जाले ३० रन थपे। नेपालका लागि सोमपाल कामीले चार विकेट लिए। सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए। 

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad