खेल


रिह्याबका लागि कतार पुगिन् साम्बा

रिह्याबका लागि कतार पुगिन् साम्बा

नेपालखबर
बैशाख २१, २०८३ सोमबार १७:४, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ शल्यक्रियापछि रिह्याबका लागि कतार पुगेकी छन्। 

साम्बाले कतारको अस्पेटार अस्पतालमा शल्यक्रियापछिको रिह्याब गर्नेछिन्। साम्बाले सोमबार सामाजिक सञ्जालमार्फत आफू कतारको अस्पेटार पुगेको जानकारी दिएकी हुन्। 

‘लामो समयको प्रयासपछि अन्ततः कतारको अस्पेटार अस्पतालमा आइपुगेको छु। अबको केही महिना यहाँ रहेर मेरो शल्यक्रियापछिको रिह्याबको कार्यलाई निरन्तरता दिनेछु,’ उनले लेखेकी छन्, ‘सम्पूर्ण समर्थक, मेरो क्लब र यो कठिन समयमा साथ दिनुहुने सम्पूर्ण व्यक्तिहरूको साथ र सहयोगका लागि सधैं आभारी छु।’

उनले शल्यक्रियापछि रिकभरी सन्तोषजनक रहेको बताएकी छन्। ‘मेरो शल्यक्रियापछिको रिकभरी सोचेजस्तै चलिरहेको छ,’ उनले भनेकी छन्। 

यससँगै साम्बाले नेपाली फुटबलको वर्तमान अवस्थाप्रति निरास भएको पनि उल्लेख गरेकी छन्। ‘एकातर्फ आफू मैदान फर्कने प्रयासमा छु, अर्कोतर्फ नेपालमा फुटबलको अवस्था देखेर निराश छु। आशा गरौँ, नेपालको फुटबलको अवस्था चाडै ठीक हुनेछ,’ उनले लेखेकी छन्, ‘म मैदान फर्कने मेरो आफ्नो लक्ष्यमा अडिग रहेर लागिरहनेछु।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad