खेल


क्रिकेटर आरिफ शेख सहायक हवल्दारमा बढुवा

क्रिकेटर आरिफ शेख सहायक हवल्दारमा बढुवा

नेपालखबर
बैशाख २३, २०८३ बुधबार १७:३५, काठमाडौँ

नेपाल राष्ट्रिय क्रिकेट टोलीका आरिफ शेख सहायक हवल्दारमा बढुवा भएका छन्। नेपाल प्रहरीले आरिफलाई जवानबाट सहायक हवल्दार पदमा विशेष बढुवा गरेको हो। 

आरिफलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम ३९ बमोजिम जनपद प्रहरी समूहको तर्फबाट प्रहरी जवान पदबाट सहायक हवल्दारमा विशेष बढुवा गरेको हो। 

नेपाल पुलिस क्लबका कप्तानसमेत रहेका आरिफले जय ट्रफीमा दुई उपाधि तथा प्रो क्लब च्याम्पियनसिपको उपाधि दिलाएका छन्।

आईसीसी टी-२० विश्वकप खेल्दै देश र संगठनको नाम उच्च बनाएको योगदानको कदरस्वरूप नेपाल प्रहरीले आरिफलाई पदोन्नती गरेको हो। 

यसैबीच माया ग्रुप यूके नेपाल पुलिस क्लब क्रिकेट टिमका खेलाडी तथा अफिसियललाई खेल सामग्री प्रदान गरेको छ। यसअघि नै माय ग्रुप र नेपाल प्रहरी शारीरिक सुगठन तथा खेलकुद शिक्षालयबीच २०२६ देखि २०२७ सालसम्म नेपाल पुलिस क्रिकेट टिमका लागि खेल सामग्री प्रायोजन गर्ने सम्झौता भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad