खेल


रोबिन्हो जुनियरलाई नेइमारले थप्पड लगाएपछि...

रोबिन्हो जुनियरलाई नेइमारले थप्पड लगाएपछि...

नेपालखबर
बैशाख २४, २०८३ बिहिबार १४:४०, काठमाडौँ

ब्राजिलियन स्टार फरवार्ड जुनियर नेयमारले प्रशिक्षणको क्रममा टोलीका किशोरलाई थप्पड हानेकोमा माफी माग्दै आफूले सीमा पार गरेको बताएका छन्।

१८ वर्षीय फरवार्ड रोविन्हो जुनियरले आइतबार नेयमारले अनुहारमा थप्पड हानेको आरोप लगाएपछि ब्राजिलियन क्लब सान्तोष एफसीले अनुसन्धान सुरु गरेको थियो।

उनीहरुले प्रशिक्षणका क्रममा भएको घटनाबारे सबै कुरा मिलाएको बताएका छन्। 

बार्सिलोना तथा पेरिस सेन्ट जर्मेनका पुर्वफरवार्ड नेयमारले मंगलबार कोपा सुडामेरिकानामा रेकोलेटासँग १–१ को बराबरी गरेपछि उनले रोबिन्हो जुनियरलाई अँगालो हानेर खुसी मनाएका थिए।

उनले भने, ‘गल्ती सबैले गर्छन, यो मेरो गल्ती थियो, उसको पनि गल्ती थियो तर मैले अलि ठुलो गल्ती गरेँ। मलाई उ मनपर्ने केटा हो, यो फुटबलमा हुन्छ तपाइ आफ्नो साथीभाइसँग बहस गर्नुहुन्छ त्यो फुटबल हो र यो खेलको हिस्सा।’

रोबिन्हो जुनियरले नेयमारले तुरुन्तै महसुस गरेर धेरै पटक माफी मागेको बताए।

‘यो एउटा परिस्थिति थियो जसले मलाई दुःखी बनायो किनभने बाल्यकालदेखि नै नेयमार मेरो आदर्श थिए। म नेयमारलाई धेरै मन पराउँछु, हामीले पहिले नै कुरा गरिसकेका छौँ र सबै कुरा मिलिसकेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad