खेल


२० वर्षपछि च्याम्पियन्स लिग फाइनलमा आर्सनल, उपाधि भिडन्त पीएसजीसँग

२० वर्षपछि च्याम्पियन्स लिग फाइनलमा आर्सनल, उपाधि भिडन्त पीएसजीसँग

नेपालखबर
बैशाख २४, २०८३ बिहिबार १४:५७, काठमाडौँ

यूईएफए च्याम्पियन्स लिग २०२६ को उपाधिका लागि आर्सनल र पेरिस सेन्ट जर्मेन (पीएसजी)  भिड्ने पक्का भएको छ। 

च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखलाई १–१ को बराबरीमा रोक्दै समग्रमा ६–५ को जित निकाल्दै पीएसजी उपाधि नजिक पुगेको हो। 

अर्को सेमिफाइनलमा आर्सनलले एथलेटिको मड्रिडलाई १–० ले हराउँदै समग्रमा २–१ को नतिजा निकाल्दै पीएसजीसँगको भेट पक्का गरेको हो। आर्सनलले २० वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनल खेल्न लागेको हो। सन् २०२५ को च्याम्पियन पिएसजी भने उपाधि रक्षाको होडमा हुनेछ।

च्याम्पियन्स लिगको फाइनल आगामी जेठ १६ गते शनिबार हंगेरीको बुढापेष्टस्थित पुस्कास एरेनामा हुनेछ। पुस्कास एरिनामा पहिलो पटक च्याम्पियन्स लिगको फाइनल हुन लागेको हो। पुस्कास एरिना करिब ६७ हजार दर्शक क्षमता रहेको रंगशाला हो। 

पुस्कास एरिनामा च्याम्पियन्स लिगका खेल तथा २०२३ को युरोपा लिगको फाइनल खेल भइसकेको छ। च्याम्पियन्स लिगको फाइनल आउन २४ दिन बाँकी रहेपनि टिकट विक्री खुल्ला भइसकेको छ। 

पहिलो प्राथमिकतामा आर्सनलका समर्थकका लागि बिहिबार दिउँसो १ बजेदेखि टिकट विक्री खुला गरिएको छ। 

कुल १६ हजार ८ सय २४ टिकट मात्र बाँकी रहेकाले आर्सनलका सिजन टिकट लिएका समर्थकलाई पहिलो प्राथमिकतामा राखिएको छ। जसले छनोटदेखि होम एण्ड अवेसम्मका खेलहरु हेरेका छन्। ती समर्थकको टिकट ग्यारेन्टी गरिएको छ। 

करिब ४ हजार ६ सय टिकटहरु सामान्य जनताका लागि उपलब्ध गराइएको छ। २१ हजार ४ सय अर्थात् रंगशालाको एक तिहाइ स्थानीय आयोजक, यूईएफएका सदस्य राष्ट्रिय संघहरु, व्यवसायिक साझेदार, प्रसारक र युइएफए फुटबल परिवारका लागि छुट्याइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad