खेल


नेपाल ‘ए’सँग पराजित भयो स्कटल्यान्ड

नेपाल ‘ए’सँग पराजित भयो स्कटल्यान्ड

नेपालखबर
बैशाख २४, २०८३ बिहिबार १७:५३, काठमाडौँ

स्कटल्यान्डसँगको एक दिवसीय पहिलो अभ्यास खेलमा नेपाल ए टोलीले पहिलो जित दर्ता गरेको छ।

बिहीबार भएको खेलमा नेपाल ए ले स्कटल्यान्डलाई ४५ रनको जित हात पारेको हो। 

नेपाल ‘ए’ले दिएको २ सय ७८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ४८.२ ओभरमा २ सय ३२ रनमा अलआउट भयो। 

स्कटल्यान्डलाई कम स्कोरमा रोक्न नेपालका लागि रासिद खानले ३ विकेट लिए। उनले ३.२ ओभरमा २३ रन खर्चे। युवराज खत्री, बसिर अहमद र साहब आलमले समान २ विकेट लिए। कुशल मल्लले एक विकेट आफ्नो नाममा गरे। 

स्कटल्यानडका लागि फिन्ले म्याकक्रिथले ५२ रनको योगदान दिए। ज्याक जार्भिसले ४५, मार्क वाटले ३७  म्याथु क्रसले २२ र ब्राण्डोन म्याकमुलेनले २१ रन थपे। 

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपाल ए टोलीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ७७ रनको योगफल तयार पारेको थियो। रासिद खान १० बल खेल्दै १४ र दिपक डुम्रे ७ बल खेल्दै २३ रनमा अविजित रहे। डुम्रेले इनिङ्सको अन्तिम ओभरमा लगातार पाँच चौका प्रहार गरे। 

पहिलो बल डट खेलेका उनले त्यसपछि लगातार पाँच चौका हान्दै नेपाल ए टोलीलाई उत्कृष्ट फिनिसिङ दिलाए। देव खनाले ६३ रनको योगदान दिए। मयन यादवले ४५, सन्दीप जोराले ३४, पवन सर्राफले ३१ रन बनाए। अनिल शाहले १८ र बसिर अहमदले १७ रन थपे। नारायण जोशी ८ र कुशल मल्ल ३ रनमा आउट भए।

स्कटल्यान्डका लागि ब्राड्ली करी र सफयान सरिफले समान २ विकेट लिए। ज्याक जार्भिस, ओलिभर डाभिसन, ब्रान्डोन म्याकमुलेन र मार्क वार्टले समान एक विकेट लिए। 

नेपाल ए टोलीले भोलि शुक्रबार अमेरिकासँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad