घरेलु मैदानमा आज सुरु हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले स्कटल्यान्डविरुद्व पहिले फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाली टोलीले फिल्डिङ गर्ने भएको हो।
यस शृंखलामा नेपाल, अमेरिका र स्कटल्यान्डबिच प्रतिस्पर्धा हुनेछ।
नेपालले यस शृंखलामा स्कटल्यान्ड र अमेरिकासँग २/२ खेल खेल्ने तालिका छ।
नेपाल अब दोस्रो खेलमा शनिबार अमेरिकासँग भिड्नेछ।
यसपछि आगामी सोमबार स्कटल्यान्ड र शुक्रबार अमेरिकाविरुद्ध खेल्ने तालिका छ।
नेपाली टोली
विनोद भण्डारी, आशिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी
99
Shares

प्रतिक्रिया