खेल


स्कटल्यान्डले नेपाललाई दियो २४४ रनको लक्ष्य

स्कटल्यान्डले नेपाललाई दियो २४४ रनको लक्ष्य

नेपालखबर
बैशाख २९, २०८३ मंगलबार १३:२६, काठमाडौँ

आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले २४४ रनको लक्ष्य पाएको छ। 

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २४३ रन बनाएको हो। 

नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए। उनले आफ्नो स्पेलमा एक मेडन राख्दै ४१ रन दिए। 

नन्दन यादवले अन्तिम ओभरमा दुई विकेट झारे। उनले आठ ओभरमा ३३ रन खर्चेर दुई विकेट आफ्नो नाममा गरे। त्यस्तै, करण केसीले पनि आठ ओभरमा ५१ रन खर्चेर दुई विकेट लिए। 

स्कटल्यान्डविरुद्ध घातक बलिङ गरेका सन्दीपले ओपनर जर्ज मुन्सेलाई ७५ रनमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए। ६२ बलमा १२ चौका र २ छक्का हानेका जर्जलाई २०.३ ओभरमा पेभेलियनको बाटो देखाए। 

सोही ओभरको अन्तिम बलमा अर्का ओपनर फिन्ले म्याकक्रेथ ३५ रन बनाउँदा सन्दीपकै बलमा एलबीडब्लू धरापमा परे। ब्रान्डोन म्यकमुलेन सात रन बनाउँदा सन्दीपको बलमा बोल्ड आउट भए। कप्तान रिची बेरिङटोन पाँच रनमा सन्दीपकै बलमा एलबीडब्लू धरापमा परे। 

मार्क वाट २४ रन बनाउँदा करण केसीको बलमा विकेट किपर विनोद भण्डारीको हातबाट आउट हुन पुगे। म्याथु क्रसले १८ रन बनाउँदा करणकै बलमा आशिफ शेखको बलमा क्याच आउट भए। 

माइकल लिस्क २९ रन बनाउँदा नन्दन यादवको बलमा बोल्ड आउट भए। ज्याक जार्भिस शून्य रनमा नै आउट भए। माइकल इलिंस ३४ रनमा अविजित रहे। 

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad