खेल


शिक्षा मन्त्रालयमा गाभियो युवा तथा खेलकुद मन्त्रालय

शिक्षा मन्त्रालयमा गाभियो युवा तथा खेलकुद मन्त्रालय

नेपालखबर
बैशाख ३०, २०८३ बुधबार १६:११, काठमाडौँ

युवा तथा खेलकुद मन्त्रालय अब औपचारिक रुपमा शिक्षा तथा खेलकुद मन्त्रालय बन्ने भएको छ। 

नयाँ सरकार गठनसँगै शिक्षा मन्त्रालयमा जोडिएको युवा तथा खेलकुद मन्त्रालयबाट अब युवालाई अन्य मन्त्रालयमा जोडिएको छ। प्रधानमन्त्री तथा परिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्की नेतृत्वको पुनसंरचना व्यवस्थापन सचिवालयले युवा तथा खेलकुद मन्त्रालय खारेज गर्ने राय दिएको थियो। सोही अनुसार अब खेलकुद शिक्षा मन्त्रालयसँग औपचारिक रुपमा गाभिएको छ। 

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कार्यविभाजन २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। सोही निर्णय अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २२ वटा रहेकोमा सरकारले मन्त्रालयको संख्या घटाएर १७ बनाएको छ। 

यसअघि खेलकुद मन्त्रालयसँग रहेको युवा मन्त्रालय अब महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसहित स्वास्थ्य तथा जनसंख्या र सामाजिक सुरक्षा मन्त्रालयलाई एकीकृत गरेर लैगिक समानता तथा सामाजिक विकास मन्त्रालय बनेको छ। 

झण्डै दुई दशकअघि युवा तथा खेलकुद मन्त्रालय एकै रहेका थिए। तर २०६२÷६३ को जनआन्दोलन पछि बनेको सरकारले शिक्षा र खेलकुद मन्त्रालयलाई अलग बनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad