घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत आजको खेलमा नेपालले अमेरिकाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर ब्याटिङ रोजेपछि नेपाली क्रिकेट टोलीले पहिले फिल्डिङ गर्ने भएको हो।
यसैबिच स्कटल्यान्डविरुद्धको खेलेको नेपाली टोलीका तीन खेलाडी परिवर्तन गरिएको छ।
टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लले विनोद भण्डारी, अर्जुन कुमाल र करण केसीलाई बेन्चमा राखेका हुन्।
उनीहरूको स्थानमा इशान पाण्डे, कुशल भुर्तेल र सोमपाल कामी प्लेइङ-११ मा आएका छन्।
198
Shares

प्रतिक्रिया