क्रिकेट अम्पायर भास्कर अर्यालको आइतबार बिहान निधन भएको छ।
झण्डै एक महिनादेखि जन्डिस रोगबाट पीडित विराटनगर-४ निवासी ४६ वर्षीय अर्याल आइतबार बिहान बितेका हुन्।
दुई सातासम्म अस्पताल राखेपछि थप उपचार सम्भव नभएको भन्दै आफन्तले उनलाई अघिल्लो आइतबार घर फर्काएका थिए।
त्यसको एक सातापछि आज उनको निधन भएको हो।
दुई दशकदेखि अम्पायरको भूमिकामा सक्रिय अर्यालले स्थानीयदेखि राष्ट्रियसम्म विभिन्न प्रतियोगितामा अम्पायरिङ गर्दै नेपाली क्रिकेटलाई योगदान दिएका थिए।
अर्याल लेभल वान अम्पायर थिए।
अर्यालको निधनप्रति नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक दु:ख व्यक्त गरेको छ।
165
Shares

प्रतिक्रिया