खेल


इंग्लिस प्रिमियर लिग: आर्सनलले २२ वर्षपछि जित्यो उपाधि

इंग्लिस प्रिमियर लिग: आर्सनलले २२ वर्षपछि जित्यो उपाधि

नेपालखबर
जेठ ६, २०८३ बुधबार ८:५४, काठमाडौँ

इंग्लिस प्रिमियर लिगको उपाधि जित्दै आर्सनलले २२ वर्ष लामो उपाधिको खडेरी समाप्त गरेको छ। 

लगातार तीन सिजन उपविजेतामा सिमित भएको आर्सनलले २२ वर्षपछि प्रिमियर लिगको उपाधि जितेको हो। 

गएराति भएको खेलमा म्यानचेष्टर सिटी बर्नमाउथसँग १–१ को बराबरीमा रोकिएपछि आर्सनलले उपाधि उचालेको हो। 

प्रिमियर लिग उपाधि कायम राख्न जित्नैपर्ने दबाबमा रहेको खेलमा सिटीले अंक बाँडेपछि आर्सनलले उपाधि हात पारेको हो।

सिटीले आर्सनलसँग अंक दुरी कम गर्ने मौका गुमाएपछि ४ अंकको अग्रता लिदै आर्सनलले एक खेल अगावै उपाधि जितेको हो। 

खेलको ३९ औँ मिनेटमा एली क्रुपी जुनियरको गोलमा बर्नमाउथले सुरुवाती अग्रता लिएको थियो। अतिरिक्र समयमा एर्लिङ हालान्डले सिटीलाई बराबरीमा ल्याएपनि धेरै ढिला भइसकेको थियो। १० वर्ष सिटीमा बिताएका प्रशिक्षक पेप ग्वार्डियोलाले यो समरका क्लब छाड्नेछन्। 

सिटीको बराबरीपछि आर्सनलका समर्थकहरुले भव्य खुसीयाली मनाएका थिए। प्रिमियर लिगको अन्तिम खेलमा आर्सनल अब च्याम्पियनका रुपमा क्रिस्टल प्यालेसविरुद्ध खेल्नेछ। 

आर्सनलको पछिल्लो पटक सन् २००४ मा प्रिमियर लिग उपाधि उचालेका थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad