खेल


राष्ट्रिय टोलीका लागि इशानको लगातार दोस्रो अर्धशतक

राष्ट्रिय टोलीका लागि इशानको लगातार दोस्रो अर्धशतक

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार १२:३३, काठमाडौँ

इशान पाण्डेले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक शृंखलाअन्तर्गत अमेरिकाविरुद्ध अर्धशतक पूरा गरेका छन्। 

शुक्रबार इशानले ६१ बलमा ३ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्। राष्ट्रिय टोलीका लागि ओडीआईमा इसानको लगातार दोस्रो अर्धशतक हो। 

यसअघि उनले स्कटल्यान्डविरुद्धको खेलमा अर्धशतक हानेका थिए। जारी शृंखलामा नै इसानले ओडीआईमा डेब्यु गरेका हुन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ३५ ओभरको खेल जारी रहँदा दुई विकेटको क्षतिमा १६८ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad