घरेलु मैदानमा सुरु भएको काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को पहिलो खेलमा नेपाली राष्ट्रिय महिला भलिबल टोली पराजित भएको छ।
शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको हो। पहिलो सेट आफ्नो पक्षमा पारेको घरेलु टोलीले त्यसपछिका दुई सेट लगातार गुमाउन पुग्यो।
चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै नेपाल खेलमा फर्किएको नेपालले पाँचौ सेटसँगै खेल पनि गुमायो।

पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको नेपाली टोलीले दोस्रो सेट भने २०–२५ ले भारतीय टोलीलाई सुम्पियो। तेस्रो सेट १९–२५ गुमाएको नेपालले चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले २५–२१ ले जितेको थियो।
पाचौँ तथा अन्तिम सेट ९–१५ ले गुमाउँदा नेपालले पहिलो जित दर्ता गर्ने सुन्दर मौका गुमायो।

आजै भएको पहिलो खेलमा इरानले बंगलादेशमाथि सोझो सेटमा जित हात पारेको छ। इरानले बंगलादेशलाई २५–६, २५–९ र २५–१० को सेटमा जित निकालेको हो।
समूह चरणको दोस्रो खेलमा नेपालले शनिबार किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र किर्गिस्तानको खेल साँझ ५ बजे हुनेछ।

Shares

प्रतिक्रिया