एसियाली खेलकुद छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा चीनविरुद्ध विस्फोटक ब्याटिङ गरेका ओपनर कुशल भुर्तेल १ सय २९ रन बनाउँदै पेभेलियन फर्केका छन्।
४३ बलमा ५ चौका र १६ छक्का सहयोगमा १ सय २९ रन बनाएका कुशल डेङ जिंकीको बलमा क्याच आउट हुन पुगे।
कुशलले ३५ बलमा ४ चौका र १२ छक्का सहयोगमा शतक पूरा गरेका थिए।
अर्का ओपनर आशिफ शेख ११ रन बनाउँदा बोल्ड आउट भए।
कुशल मल्लले अर्धशतक पूरा गरेका छन्। उनी ५१ रनमा नटआउट छन्।
सिंगापुरको सिंगापुर नेसनल क्रिकेट स्टेडियममा चीनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले १५ ओभरको समाप्तीमा २ विकेटको क्षतिमा २ सय १९ रन बनाएर खेलिरहेको छ।
क्रिजमा मल्ल ५१ र रोहित पौडेल १२ रनमा अविजित छन्।
234
Shares

प्रतिक्रिया