थाईल्यान्ड ओपन कराते च्याम्पियनसिपमा नेपालका मण्डेकाजी श्रेष्ठले रजत पदक जितेका छन्।
बैंककमा शनिबार भएको पुरुष एकल काताको खेलमा मण्डेकाजीले रजत जितेका हुन्।

यस स्पर्धामा इन्डोनेसियाका खेलाडीले स्वर्ण जित्दा चीन र थाइल्याण्डका खेलाडीले काँस्य जिते।
यस्तै ५ राष्ट्र समावेश महिला टिम कातामा नेपालले काँस्य पदक जितेको छ। यस स्पर्धामा चीनले स्वर्ण, म्यानमारले रजत र ब्रुनाईले पनि कास्य जितेको छ।

प्रतियोगितामा नेपालबाट १३ औं दक्षिण एशियाली खेलकुद (साग) का लागि बन्द प्रशिक्षणमा रहेका ११ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।
3
Shares

प्रतिक्रिया